विप्लव नेता हेटौँडाका नयनलाई प्रहरीले नछोड्ने, आज फेरी म्याद थपिँदै

तु खबर संवाददाता
२०७७ बैशाख १२, शुक्रबार १४:४०

रौतहट । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका बारा जिल्ला इन्चार्ज इन्द्र बहादुर परियार नयनलाई म्याद थप गर्ने तयारी भएको इलाका प्रहरी कार्यालय चपुरले बताएको छ ।

तु खबरसंग कुराकानी गर्दै प्रहरी निरीक्षक राजन थापाले म्याद थप गर्न परियारलाई जिल्ला प्रशासन कार्यालय रौतहट लैजान लागिएको जानकारी दिए ।

नयनलाई चपुर प्रहरीले लकडाउन उल्लंघन गरी प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान गर्न ५ दिन म्याद थप गरेर राखेको थियो । उक्त ५ दिनको म्याद आज सकिँदै छ , प्रहरीले आज फेरी म्याद थप गर्न लागिएको जनाएको छ ।

फागुनको २४ गते बाराको जितपुरबाट पक्राउ परेका नयन बैशाख ८ गते मात्र जिल्ला अदालत बाराको आदेशमा ६० हजार धरौटी बुझाएर रिहा भएका थिए ।

रिहा हुने वित्तिकै उनलाई अदालतको कम्पाउण्डबाटै प्रहरीले फेरी पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*