कमाण्ड पोष्टको निर्णय – हेटौँडाको खोपेगल्ली तरकारी बजार आजदेखि बन्द

तु खबर संवाददाता
२०७६ चैत्र २८,शुक्रबार १०:५१

मकवानपुर २८ चैत । आज शुक्रबार बसेको कमाण्ड पोष्टको निर्णयले हेटौँडाको खोपेगल्ली तरकारी बजार पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको छ ।

मकवानपुर उद्योग वाणिज्य संघले सेनिटाइजर, पन्जा र मास्कको प्रयोग गरी सुरक्षित रुपमा भिडभाड नगरी तरकारी खरिद विक्रि गर्न आग्रह गरेपनि व्यवसायीहरुले लापरवाही गरेपछि आजको कमाण्ड पोष्टको बैठकले खोपेगल्लीको तरकारी बजार बन्द गर्ने निर्णय गरेको सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले दिनुभएको जानकारी अनुसार व्यवसायीहरुले सुरक्षित भई कारोबार गर्नुपर्नेमा अटेर गर्न र थेगी नसक्नु भिडभाड गर्न थालेपछि बाध्य भएर बजार बन्द गर्ने निर्णय भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*