लकडाउन ७ दिन थप्ने तयारी
काठमाडौ,२४ चैत । सरकारले लकडाउनको समय ७ दिन थप्ने तयारी गरेको छ ।
कोरोना भाइरस सम्बन्धि उच्च स्तरीय समितिले लकडाउनको समय थप गर्न मन्त्रीपरिषद् समक्ष सिफारिस गरेको छ ।
आज बस्ने मन्त्री परिषद बैठकले लकडाउनको समय थप गर्नेछ ।
यस अघि सरकारले थप गरेको ८ दिनको समय २६ गते विहान ६ बजे सकिँदैछ ।
