कोरोना सङ्क्रमणबाट रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जको मृत्यु

तु खबर संवाददाता
२०७६ चैत्र ९,आईतवार ०९:२०

स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्ज सान्जको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । ७६ वर्षीय उनको उपचारको क्रममा मृत्यु भएको हो ।

लोरेन्जोका छोरा फर्नान्डो सान्जले आफ्ना बाबुको निधन भएको पुष्टि गरेका छन् । उनले लेखेका छन्, ‘उहाँ मैले देखेका अहिलेसम्मकै दयालु, बहादुर र मेहिनती व्यक्ति हुनुहुन्थ्यो । परिवार र रियल म्याड्रिडप्रति लगाव थियो ।’

रियल म्याड्रिडले पनि उनको निधन भएको पुष्टि गरेको छ । ‘रियल मड्रिड क्लब, यसका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरु लोरेन्जो सान्जको निधनबाट दुखित छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘आज रियल त्यस्तो अध्यक्षको शोकमा छ, जसले यसको इतिहासमा ठूला योगदान गरेका छन् ।’ रियलले परिवार र समर्थकलाई दुःखको घडीमा धैर्यधारण गर्न आग्रह गरेका छ । एजेन्सी


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*