कोरोनाका कारण युएईमा दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७६ चैत्र ८,शनिबार १३:५४

युएई, ८ चैत्र । कोरोनाभाइरसका कारण युएईमा दुई जनाको मृत्यु भएको छ ।

विश्वभर महामारीको रुप धारण गरेको उक्त भाइरसले युएईमा पहिलो पटक दुई जनाको मृत्यु भएको युएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो ।

मन्त्रालयले ट्वीटरमार्फत दिएको जानकारीअनुसार युरोपबाट आएका ७८ वर्षीय साउदी नागरिक र युएई बस्दै आएका ५८ वर्षीय एसियन नागरिकको उपचारको क्रममा मृत्यु भएको हो ।

युएईमा कोरोना संक्रमितको संख्या १४० पुगेको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*