इटालीमा एकैदिन ६२७ जनाको मृत्यु, कति पुग्यो मृतकको संख्या ?

तु खबर संवाददाता
२०७६ चैत्र ८, शनिबार ०८:५६
file photo

इटाली, ८ चैत्र । कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन थप ६२७ जनाको मृत्यु भएको छ।

इटालीका अधिकारीका अनुसार मृतकको संख्यामा एकैदिन १८.४ प्रतिशत वृद्धि भएको हो।

योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ।

बिहीबारमात्रै इटालीले मृतक संख्यामा कोरोना भाइरसको उद्गमस्थल चीनमा भएको मृतक संख्यालाई उछिनेको थियो।

हालसम्म इटालीमा संक्रमितको संख्या ४७ हजार २१ पुगिसकेको छ ।

इटालीमा कोरनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेमा अधिकाशं प्रौढ उमेरका मानिसहरू रहेका छन्।

नेशनल हेल्थ इन्स्टियूटका अनुसार ज्यान गुमाउनेहरूमा ४१ प्रतिशत ८०–८९ उमेर समूहका रहेका छन् भने ३५ प्रतिशत ७०(७९ उमेर समूहबाट रहेका छन्।

इटालीको कुल जनसंख्याको २३ प्रतिशत जनसंख्या ६५ वर्षमाथिको रहेको छ। यो संख्या जापानपछिको सबैभन्दा बढी हो। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*