प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्दै
काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनतालाई सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्री ओलीले साँझ रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्नुहुने भएको परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको सम्बोधनलगत्तै उपप्रधानमन्त्री ईश्वर पोखरेलले उच्चस्तरीय समिति बैठक राखेर थप निर्णय गर्नुहुने भएको छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विशेष घोषणा पनि गर्ने तयारी गर्नुभएको छ ।
प्रधानमन्त्रीको भर्खरै मृगौला पुनः प्रत्यारोपण गर्नुभएको कारण संक्रमणबाट जोगाउन जनतालाई सम्बोधन गर्ने बेला भिडभाड हुन नदिन राज्य नियन्त्रित सन्चारमाध्यमलाई मात्र प्रवेश दिइने स्रोतले जनाएको छ ।
