हेटौंडामा यसरी मनाइयो गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस

तु खबर संवाददाता
२०७६ चैत्र ७, शुक्रबार १३:३५

हेटौंडा, ७ चैत्र । नेपाली कांग्रेस मकवानपुरले शुक्रबार काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवस बिविध कार्यक्रम गरी मनाएको छ ।

कांग्रेस मकवानपुर कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको स्मृतिसभा कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका स्वर्गीय कोइराला नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं जारी शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन निधन भएको थियो ।

कार्यक्रममा कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माईकल रामचन्द्र पौडेल, जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्यहरु राजिव सुवेदी, माधव आचार्य, भीमसेन महत, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार भरत पराजुली, क्षेत्र नम्बर १ का संघिय सभापति दामोदर खनाल, क्षेत्र नम्बर २ का संघिय सभापति यतिराज सापकोटा, क्षेत्र नम्बर २ क का क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, कांग्रेस नेता उत्सव ईटेनी, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, तामाङ संघ जिल्ला अध्यक्ष चम्फुरत्न लामा, प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमार, ट्रेड युनियन मकवानपुर उपाध्यक्ष शर्मिला श्रेष्ठलगायत कांग्रेस मकवानपुरका नेता–कार्यकर्ताहरुको सहभागिता रहेको रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*