नेकपा बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा केशवराज पाण्डे
हेटौँडा ६, चैत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद केशवराज पाण्डे नियुक्त हुनुभएको छ ।
रामेश्वर फुँयाल भौतिक पूर्वाधारमन्त्री हुनुभएपछि रिक्त रहेको उक्त पदमा पाण्डे नियुक्त हुनुभएको हो ।
उहाँलाई नेकपा बागमती प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।
पाण्डे नुवाकोटबाट प्रदेशसभा सांसदमा विजयी हुनुभएको थियो ।
