हलिउड अभिनेत्री ओल्गालाई कोरोना ‘पोजेटिभ’
हलिउड अभिनेत्री ओल्गा कुरलेन्को नोभेल कोरोनाभाइरसबाट संक्रमित हुनुभएको छ ।
जेम्स बान्डको फिल्म ‘क्वान्टम अफ सोलेस’ मा भूमिकामा निभाउनुभएकी ओल्गालाई कोरोनाभाइरस ‘पोजेटिभ’ देखिएको हो ।
४० वर्षीया ओल्गाले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा घरको झ्यालको तस्बिर शेयर गर्दै आफू कोरोना भाइरस संक्रमित भएको जानकारी गराउनुभएको हो । एजेन्सी
