नाइटक्लब र जिम बन्द, ५० बढी जमघट गर्न नपाइने
नयाँदिल्ली, ३ चैत्र । भारतको राजधानी नयाँदिल्लीमा ५० जना भन्दा धेरै मानिसलाई जमघन गर्न प्रतिबन्ध लगाइएको छ । दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले यस्तो घोषणा गर्नु भएको हो ।
साथै दिल्लीमा जिमखाना, नाइट क्लब र स्पा सेन्टर पनि बन्द गरिएको छ । यसअघि नै स्कुल, कलेज, स्वीमिङ पुल लगायत सार्वजनिक स्थल बन्द भइसकेका छन् ।
मुख्यमन्त्री केजरीवालले हालै नाइट क्लब र जिम सेन्टर पनि बन्द गराउनु भएको हो । यसवाहेक कुनै विषयलाई लिएर प्रदर्शन पनि गर्न पाइने छैन ।
दिल्ली सरकारको पछिल्लो निर्णयले नागरिकता कानुनको विरोधमा हुँदैआएको विरोधमा असर पुगेको छ । शाहिनवागमा हुने प्रदर्शन पनि अब बन्द हुनेछ ।
सार्वजनिक स्थलमा जमघट लगायत बन्द गर्ने निर्णय मार्च ३० सम्म लागु हुनेछ । यद्यपि विवाह समारोहमा भने दिल्ली सरकारको निर्णय लागु हुने छैन ।
मुख्यमन्त्री केजरीवालले सोमबार पत्रकार सम्मेलन गरी यस्तो निर्णय सुनाउनु भएको हो । भारतमा एक सय भन्दा धेरै कोरोना भाइरसबाट संक्रमित छन् । दुईजनाको मृत्यु भइसकेको छ ।
