कोरोना भाइरसः तीन युरोपेली मुलुकमा एकैदिन ५ सयको मृत्यु

तु खबर संवाददाता
२०७६ चैत्र ३, सोमबार १५:२४
filr-photo

लन्डन, ३ चैत्र । कोरोनाभाइरसको संक्रमणबाट तीन युरोपेली मुलुकमा गरि एकै दिन ४ सय ९४ जनाको मृत्यु भएको छ ।

बिबिसी समाचार अनुसार, उक्त भाइरसका कारण इटालीमा ३६८, स्पेन ९७ र फ्रान्समा २९ जनाको एकै दिन मृत्यु भएको हो ।

योसँगै कोरोना भाइरसको संक्रमणबाट इटालीमा ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ भने स्पेनमा २८८ र फ्रान्समा १२० पुगेको छ ।

यसैगरी बेलायतमा एकै दिनमा कोरोनाभाइरसको संक्रमणबाट धेरै जनाको ज्यान गएको छ। बेलायतमा एकैदिन यसबाट १४ जनाको मृत्यु भएको छ।

पछिल्लो विवरण अनुसार स्विजरल्याण्ड संक्रमितको संख्या ८ सयबाट बढेर २४ घण्टामा २२ सय पुगेको छ । त्यहाँ हालसम्म १४ जनाको ज्यान गइसकेको छ।

यस्तै संक्रमणबाट सर्वाधिक प्रभावित बनेको इटालीमा संक्रमितको संख्या २४ हजार ७ सय ४७ पुगेको छ भने स्पेनमा यो संख्या ७ हजार ७ सय ५३ र फ्रान्समा ५ हजार ४ पुगेको छ।

कोरोनाभाइरसको सम्बन्धी पछिल्लो विश्व विवरण अनुसार संसारभर कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६२ हजार ६ सय ८७ पुगेको छ । जसमध्ये सुबैभन्दा धेरै चीनमा रहेको छ । उक्त भाइरसका कारण ६ हजार ६५ जनाको ज्यान गइसकेको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*