ओलम्पिक एकवर्ष सार्न राष्ट्रपति ट्रम्पको सुझाव

तु खबर संवाददाता
२०७६ फाल्गुन ३०, शुक्रबार १३:५८

एजेन्सी, ३० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टोकियो ओलम्पिक–२०२० सार्न सुझाव दिनु भएको छ । विश्वभरि खेलकुद प्रतियोगिताहरु स्थगित हुँदा ओलम्पिकलाई पनि केही समयपछि गर्न सुझाव दिनु भएको हो ।

ओलम्पिक सुरु हुन अब मात्र १३४ दिन बाँकी छ । ट्रम्पले ओलम्पिक एक वर्षका लागि सारिएमा त्यहाँ दर्शकहरुको पनि पूर्ण सहभागिता रहने बताउनु भयो । ‘यो मात्र मेरो विचार हो, सायद उनीहरुले एक वर्षका लागि ओलम्पिक सार्न सक्नुपर्छ,’ राष्ट्रपति ट्रम्पले ओभरमा रिपोर्टसँग भन्नु भयो ।

विश्वभर महामारीका रुपमा रहेको कोरोनाका कारण खेलकुद गतिविधिहरु स्थगित भएका छन् । फुटबलका खेलाडीहरुलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । कतिपय खेलाडीलाई संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको छ ।

यता जापानी ओलम्पिक मिनिस्टरले भने आफूलाई राष्ट्रपति ट्रम्पको भनाइका बारे जानकारी भएको तर ओलम्पिक आयोजकले ओलम्पिक रोक्ने या सार्ने विषयमा अहिले नै केही निर्णय नगरेको बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*