पूर्वमन्त्री शेर्माको निधनमा काँग्रेसले दुई दिन आधा झण्डा झुकाउने
काठमाडौं, ३० फागुन । नेपाली काँग्रेसले बिहिबार निधन भएको पूर्वमन्त्री पूर्णकुमार शेर्मा (लिम्बु) को शोकमा शनिबार र आईतबार दुई दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा दुई दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
बैठकले आइतबार केन्द्रीय कार्यालय र जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र १३ औं दिनमा पार्टी केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको कांग्रेस सचिवालयले जनाएको छ ।
