अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोनाको संक्रमण

तु खबर संवाददाता
२०७६ फाल्गुन ३०, शुक्रबार १३:५२

काठमाडौं, ३० फागुन । अस्ट्रेलियाका गृहमन्त्री पिटर डुटोनलाई नोभेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै, ‘मन्त्री पिटर शुक्रबार बिहान उठ्‍ने बित्तिकै शरीरको तापक्रम बढेको र घाँटी दुखेको थियो । पछि उनको कोरोना जाँच गर्दा कोभिड–१९ भएको पुष्टि गरिएको हो ।’ भनिएको छ । डुटोनलाई आज दिउँसो नै कोरोना पोजिटेभि भएको क्‍विन्सल्यान्ड हेल्थले पुष्टि गरेको हो ।

मन्त्री डुटोनले क्‍विन्सल्यान्ड हेल्थको नीति अनुसार कोरोना पोजेटिभ देखिएमा अस्पतालमा भर्ना हुनुपर्ने सुझावलाई मान्‍न तयार रहेको भन्दै आफूले अहिले आराम महसुस गरिरहेको बताउनु भएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनले कोभिड–१९ को संक्रमणको सावधानी स्वरुप भिडभाड नगर्न र पाँच सयभन्दा बढी मानिसहरु एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाउने निर्णय गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*