पार्टी फुट्न नदिने कमल थापाको प्रतिबद्धता

तु खबर संवाददाता
२०७६ फाल्गुन २८, बुधबार १६:४२
file-photo

काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हिन्दू धार्मिक ग्रन्थ गीता हातमा लिएर पार्टी नफुटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बुधबार भएको राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा उहाँले ‘यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई फुट्न दिन्नँ’ भन्नुभयो ।

अध्यक्ष थापाले यसअघि पार्टी फुटेको तीता मिठा घटनालाई बिर्सने पनि बताउनुभयो ।

विगतमा पटक पटक फुटेका कारण कार्यकर्ता र शुभचिन्तकले फेरि फुट्दैन भन्नेमा विश्वास मान्न नसक्नु सामान्य भए पनि थापाले नकारात्मक सोच त्याग्न आग्रह गरे ।

‘एकता हुन पाएको छैन फुट्छ कि भन्ने चिन्ता छाड्नस्, यो नकारात्मक सोच राख्ने हो भने हामी शिथिल हुन्छौं । अब फुट्न दिन्नौं भनेर अघि बढ्नुपर्छ’ थापाले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*