विप्लव नेतृत्वको नेकपा मकवानपुरका दुई नेतालाई सफाइ

तु खबर संवाददाता
२०७६ फाल्गुन २८, बुधबार १८:०५

हेटौंडा, २८ फागुन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित (नेकपा) मकवानपुरका दुई नेताले सफाइ पाउनु भएको छ ।

मनहरी गाउँपालिका ३ हाँडीखोलाका राजकुमार पाख्रिन र राक्सिराङ गाउँपालिका निवासी सूर्य अर्यालले बुधबार जिल्ला अदालत मकवानपुरबाट सफाइ पाउनु भएको हो । बुधबार जिल्ला न्यायाधीस सीता अधिकारीको एकल इजलासले पाख्रिन र अर्याललाई लागेको आरोप प्रमाणित नभएपछि सफाइ दिइएको हो ।

प्रतिबन्धित नेकपाको जिल्लास्तरका नेता हुनुहुन्थ्यो । पाख्रिन र अर्याललाई राजमार्गमा बिस्फोटक पदार्थ राखेको आरोपमा बैशाख २०७५ मा हेटौंडा ३ बसामाडीबाट प्रहरी टोली पक्राउ गरेको थियो ।

पाख्रिनलाई अदालतले २ महिना अघिनै ५ हजार धरौटीमा छाडेको थियो । तर, बुधबारको इजलासले आरोप प्रमाणित नभएपछि सफाइ दिएको हो । अर्याललाई पनि ५ हजार धरौटीमा छाड्ने अदालतले आदेश दिएपनि धरौटी नबुझाएका कारण उहाँ र्पुपक्षका लागि थुनामा हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*