पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

तु खबर संवाददाता
२०७६ फाल्गुन २८, बुधबार ०८:५६
file-photo

काठमाडौं, २८ फागुन । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट भएको छ ।

बाँस्कोटाको मध्यपुर ठिमी नगरपालिका–१ मा रहेको निर्माणधिन घरमा बुधबार (आज) बिहानै प्रेसर कुकर बम विस्फोट भएको भक्तपुर प्रहरीले जनाएको छ ।

बम विस्फोटबाट मानबीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, विस्फोटबाट बाँस्कोटाको घरको पर्खाल र सिसाहरुमा क्षति पुगेको छ भने छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ ।

उक्त बम विस्फोट कसले र किन गरेको भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*