पार्टी एकीकरणपछि फुट्न नदिने कमल थापाको प्रतिबद्धता

तु खबर संवाददाता
२०७६ फाल्गुन २७, मंगलवार १५:०३
file-photo

काठमाडौं, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टी एकीकरणपछि पार्टी नफुट्ने वा फुट्न नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले राप्रपा र राप्रपा सयुक्तसँगको एकीकरणपछि पार्टी नफुट्ने वा फुट्न नदिने बताउनुभएको भएको हो ।

पार्टी एकताको पूर्वसन्ध्यामा अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ की भन्ने नकारात्मक सोच र आशंका नलिन सबैलाई आग्रह गर्नुुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशंका लिएर नजाऔँ । सतर्क रहनुपर्छ, सचेत रहनुपर्छ तर सुरुमै आशंका लिएर नकारात्मक सोच लिएर अगाडि बढ्न खोज्यौ भने सिथिल भइन्छ र गति लिन सकिँदैन् । अब पार्टी फुट्दैन, फुट्न दिँदैनौँ भन्ने मानसिकताका साथ पार्टी अगाडी बढ्नुपर्छ ।’

उहाँले कम्युनिष्ट र काँग्रेसको बैकल्पिक शक्ति जनताले खोजिरहेको उल्लेख गर्नुहुँदै राप्रपाले आफुलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । राप्रपा र राप्रपा संयुक्त पार्टीबीच बुधबार एकता हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*