कतारको लागि श्रम स्वीकृती बन्द
काठमाडौं, २७ फागुन । कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको छ ।
कतारले प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएसँगै नेपाल सरकारले कतारका लागि श्रम स्वीकृती बन्द गरेको छ ।
नेपाल सरकारले कतारको निर्णय अनुरुप कामदारलाई श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिनुभयो ।
फागुन १६ देखि फागुन २६ गतेसम्म विभागबाट कतार जानका लागि ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिनुभएको थियो ।
महानिर्देशक दाहालका अनुसार, करिब ३ हजार नेपाली कामदार अन्तिम श्रम स्वीकृतिपछि पनि कतार जान रोकिएको अनुमान छ ।
