नेकपाको विवादले बैठक नै प्रभावित

तु खबर संवाददाता
२०७६ फाल्गुन २७, मंगलवार ०८:१०
file-photo

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा भर्ना भएसँगै पार्टीको बैठक पनि प्रभावित बनेको छ। उनी अस्पतालमा भर्ना भएपछि सचिवालय बैठक बस्न सकेको छैन।

पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने सचिवालयको निर्णय अन्योलमा परेसँगै बैठक पनि प्रभावित बन्न पुगेको हो। गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउन मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि मात्र राष्ट्रपतिले मनोनित गर्ने प्रावधान छ। तर, सरकारले निर्णय नगर्दा गौतम राष्ट्रियसभाको सदस्य बन्ने बाटो खुल्न सकेको छैन।

प्रधानमन्त्री अस्पताल भर्ना हुनुअघि सचिवालयको बैठक बसे पनि गौतमको विषयमा कुनै खास निर्णय भएन। यता, प्रधानमन्त्री ओली अस्पतालमा रहेकै बेला राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएर राजीनामा दिएका अर्थमन्त्री डा।युवराज खतिवडालाई सरकारले पुनः अर्थमन्त्री बनाएको छ। तर, प्रधानमन्त्री ओलीले गौतमका बारेमा कुनै निर्णय लिएका छै्रनन् ।

गौतमका कारण विवादमा रुमलिएको नेकपाको केन्द्रीय समिति बैठकले गरेको निर्णयसमेत कार्यान्वयन हुन सकेको छैन। गत माघ २० मा सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी एकीकरणको बाँकी काम १५ दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको थियो ।

तर एक महिना पुग्दासमेत उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन। पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय समितिको बैठले गरेको निर्णय कार्यान्वयन गर्न ढिलाइ भएको बताए । उनले भने, ‘ढिला भएको छ, अब बैठक बसेर निर्णय हुन्छ।’

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली अस्पताल भर्ना भए पनि पार्टी सञ्चालनको जिम्मेवारी पाएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सचिवालय बैठक बोलाएका छैनन् । केही दिन रुघाखोकीका कारण घरमै आराम गरेका अध्यक्ष प्रचण्ड आइतबार गृहजिल्ला चितवन पुगेर फर्किएका छन् । आजको नेपाल समाचारपत्र  समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*