परिवार दलका अध्यक्ष ढकाल र भाजपा महामन्त्री राम माधवबीच भेट
नयाँदिल्ली, २५ फागुन । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले भारतीय जनता पार्टीका राष्ट्रिय महामन्त्री राम माधवसँग भेट गर्नु भएको छ ।
दिल्लीस्थित नेता माधवको निवासमा भएको भेटमा नेपाल भारत सम्बन्धका विविध विषयय तथा क्षेत्रीय साझेदारीको बारेमा कुरा भएको परिवार दलका भारत प्रतिनिधि कृष्ण अधिकारीले जानकारी दिनु भयो ।
भेटमा अध्यक्ष ढकालले मित्र राष्ट्र भारतसँग नेपालको सम्बन्ध अन्य कुनैपनि देशसँग अतुलनिय रहेको बताउँदै नेपालको बिकासमा सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
