नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुकीलाई दिएको सम्मान फिर्ता लियो

तु खबर संवाददाता
२०७६ फाल्गुन २३, शुक्रबार १०:१८

लन्डन, २३ फागुन । द सिटी अफ लन्डन कर्पोरेसनले म्यानमारकी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुकीलाई प्रदान गरेको सम्मान बिहीबार फिर्ता लिएको छ।

म्यानमारका रोहिंग्या मुसलमानप्रति गरिएको व्यवहारका लागि सुकीबाट सम्मान फिर्ता लिने निर्णय लिएको हो।

द सिटी अफ लन्डनले मतका आधारमा उनलाई तीन वर्ष अगाडि प्रदान गरिएको सम्मान फिर्ता लिने निर्णय गरेको हो।

गत डिसेम्बरमा द हेगको अन्तर्राष्ट्रिय अदालतमा (आईसीजे) उपस्थित सुकीले रोहिंग्या पीडितहरू विरुद्ध बलात्कार, आगजनी र सामूहिक हत्याको आरोपमा देशको बचाउ गरेकी थिइन्।

उनले हेगमा म्यानमारका सेनाहरूले नरसंहार गरेको नभइ रोहिंग्या मुसलमानहरूले दर्जनबढी प्रहरी चौकीमा गरेको आक्रमणको प्रतिकार गरेको भन्दै देशको सेनाको बचाउ गरेकी थिइन्।

उनले त्यसलाई आन्तरिक दन्वद्को मामिला भएको बताउँदै सेनाको कदमबाट मानव अधिकारको उलङ्घन भएको भएपनि आमनरसंहारको स्तरमा नपुगेको बताएकी थिइन्।

उनको यो किसिमको बयानपछि द सिटी अफ लन्डनको यो निर्णय सार्वजनिक भएको हो।

उनलाई यो सम्मान प्रजातन्त्र, शान्ति, सुरक्षा र स्वतन्त्रताको पक्षमा उनले वर्षौदेखि गरेको गैर–हिंसात्मक लडाईंका लागि प्रदान गरिएको थियो।

सुकीसँगै यो सम्मानबाट विन्स्टन चर्चिल, नेल्सन मण्डेला तथा वैज्ञानिक स्टेफन हकिन्स सम्मानित छन्। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*