हेटौंडा सिमेन्टको खाली जग्गामा प्रदेश सरकारको संरचना

तु खबर संवाददाता
२०७६ फाल्गुन २२, बिहीबार १९:४३
file photo

हेटौंडा, २२ फागुन । बागमती प्रदेश सरकारले प्रदेश सरकारको संरचना हेटौंडा सिमेन्टको खाली जग्गामा निर्माण गर्ने तयारी गरेको छ ।

आज बिहीवार बसेको प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेशका संरचना निर्माणका लागि हेटौंडा सिमेन्ट उद्योगको खाली रहेको जग्गा उपलब्ध गराइदिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

बागमती प्रदेशले कोरोना भाइरस संक्रमण न्युनिकरणका लागि हात नमिलाउने निर्णय पनि गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

हात मिलाउँदा कोरोना भाइरस बढि संक्रमण हुने चिकित्सकको भनाईलाई मध्यनजर गर्दै ‘नो ह्याण्डसेक’को निति अवलम्बन गर्न जन समुदायमा आब्हान गर्ने निर्णय पनि गरेको हो ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोनाभाईरस संक्रमणको उच्च जोखिममा रहेको जनाएपछि प्रदेश सरकारले यसकालागि छुट्टै उपचार कक्ष निर्माण गरिसकेको समेत जनाएको छ ।

मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । ओली र मिर्गौला दता समिक्षा संग्रौलाको स्वास्थ्यलाभको कामना गर्दै मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोलीलाई प्रदेश सरकारले धन्यवाद ज्ञापन गरेको छ ।

यसैगरी प्रदेश सूचनाको हक सम्बन्धी ऐन २०७६ लाई संशोधनगर्न बनेको विधेयकप्रदेश सभामा पेश गर्ने स्विकृत दिने, चालु आर्थिक बर्षको लागिप्रदेश बिषेश अनुदानतर्फकाथप योजनाहरु स्विकृत गर्ने निर्णय गरेको छ ।

यस्तै साझायातायात सहकारी संस्था लिमिटेडमा शेयर लगानीको निर्णय समेत खारेज गर्ने निर्णय गरेको छ । यसअघि साझा सहकारी संस्थासंग मिलेर बस सञ्चालनगर्ने भनिएपनि सहमतिअनुसार काम नभएकोले सहमति खारेज गरिएको प्रवक्तामन्त्री ढुंगेलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*