कोरोनाभाइरस न्यूनिकरण गर्न हात नमिलाउने बागमती प्रदेशको निर्णय

तु खबर संवाददाता
२०७६ फाल्गुन २२, बिहीबार १७:२२

हेटौंडा, २२ फागुन । बागमती प्रदेश सरकारले नोभेल कोरोना भाइरसको संक्रमण न्यूनिकरण गर्न हात नमिलाउने निर्णय गरेको छ ।

बिहिबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।

प्रदेश सरकारले यसअघि कोरोनाभाइरसको संक्रमणबाट बच्न छुट्टै उपचार कक्ष निर्माण गरिसकेको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो ।

सो बैठकले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको मृगौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोलीलाई प्रदेश सरकारले धन्यवाद ज्ञापन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*