‘मनहरीमा मदन भण्डारी रंगशाला बनाएर छाड्छौं’

२०७६ फाल्गुन २१,बुधबार १७:२२

हेटौंडा, २१ फागुन । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाको खेलकुद विकास समिति अध्यक्षमा नवीन सुवेदी नियुक्त हुनु भएको छ ।

मनहरी गाउँपालिकाले मंगलबार सुवेदीलाई खेलकुद विकास समिति अध्यक्षमा नियुक्त गरेको हो । यसअघि गत पुसमा गाउँ कार्यपालिका बैठकले सुवेदीलाई समितिको अध्यक्ष बनाउने निर्णय भएको थियो । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले सुवेदीलाई हिजो एक कार्यक्रमको बीच नियुक्ती प्रदान गर्नु भएको हो ।

अध्यक्षमा नियुक्त भएपछि तु खबरसँग प्रतिक्रिया दिँदै अध्यक्ष सवेदीले अब मनहरीमा ‘मदन भण्डारी फुटबल रंगशाला’ निर्माण गरिने बताउनु भयो । उहाँले गाउँपालिकाको महत्पूर्ण योजना मध्ये रंगशाला पनि रहेको भन्दै खेलकुद विकास समितिले रंगशाला निर्माणको लाागि अगाडि बढ्ने बताउनु भयो । उहाँले रंगशाला निर्माण गरेर छाड्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

सुवेदीका अनुसार करिब २५ देखि ३० हजार दर्शक क्षमताको रंगशाला बनाउने योजना गाउँपालिकाको छ । मनहरी–७ रमौलीमा १५ विगाह जग्गामा रंगशाला निर्माण गरिने अध्यक्ष सुवेदीले बताउनु भयो । रंगशाला निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको उहाँले जानकारी दिनु भयो । ६२ करोड लागतमा रंगशाला निर्माण सक्ने गाउँपालिको महत्वकांक्षी योजना छ ।

सुवेदीको अध्यक्षतामा ७ सदस्यी खेलकुद विकास समिति गठन भएको हो । समिति सदस्यहरुमा दिपेन्द्र अधिकारी, विशाल लामा, सोलाल गोलेलगायत हुनुहुन्छ ।

तत्कालिन नेकपा एमाले निकट युवा संघ नेपालको नारायणी अञ्चल अध्यक्ष रहनु भएका सुवेदीले गाउँपालिकाको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउने गाउँपालिकाले अपेक्षा गरेको छ । नवनियुक्त अध्यक्ष सुवेदीले गाउँपालिकाले कहिल्यै नभुल्ने गरी खेलकुदको क्षेत्रमा काम गरिने अठोट गर्नु भयो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*