प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, आईसीयूमा सारियो

तु खबर संवाददाता
२०७६ फाल्गुन २१, बुधबार १५:४५

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले जानकारी दिनु भएको छ ।

मिर्गौला दाता ओलीको भाञ्जी समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको डा. प्रेमराज ज्ञवालीले जानकारी दिए। शल्यक्रिया भएपछि प्रधानमन्त्री ओलीलाई आईसीयूमा सारिएको छ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान सबा १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । पहिलाको मिर्गौलाले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो ।

प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ । उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*