दुई प्रेमिकासँग एकैपटक विवाह, प्रेमिकाले हंगामा गरेपछि यस्तो भयो
नयाँदिल्ली, २१ फागुन । भारतको प्रयागराजमा एक युवक आफ्नी प्रेमिकासँग विवाह गर्न मन्दिर पुग्दा उहाँकी पुरानी प्रेमिका पनि आइपुग्नु भएको छ । पुरानी प्रेमिकाले हंगामा मच्चाएपछि युवकले दुवै युवतीको सिउँदोमा सिन्दूर हाल्नु भएको थियो ।
पुरानी प्रेमिकाले आफूसँग युवकले बिहे नगरेमा विष खाएर मर्ने धम्की दिनु भयो । ती युवकले पुरानी प्रेमिकालाई वर्षौंदेखि प्रेम गरिरहनु भएको थियो । तर चार दिनअघि युवक नयाँ युवतीसँग हिँड्न थालेको देखेपछि पुरानी प्रेमिकाले हंगामा गर्नु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सोमवार साँझ नयाँ प्रेमिकासँग विवाह गर्न युवक मन्दिर पुग्दा पूर्व प्रेमिका पनि आइपुग्नु भएको हो । हंगामा भएपछि युवकले सबैका सामु दुवै प्रेमिकासँग विवाह गर्नु भयो । उहाँहरू दुवैलाई सिन्दूर लगाएर मंगलसूत्र समेत युवकले लगाइदिनु भएको थियो । एजेन्सीको सहयोगमा

