चान्सलर एन्जेलासँग मन्त्रीले हात मिलाउन नमानेपछि…(भिडियो)
–एजेन्सी, २१ फागुन । कोरोनाभाइरस संसारभरीको ७३ देशभन्दा बढी देशमा फैलिसकेको छ । यसको संक्रमणबाट बच्नका लागि मानिसहरु भेटघाटका साथै हात मिलाउन पनि हिच्किचाइरहेका छन् । आइतबार एक उच्च स्तरीय बैठकमा यस्तै घटना देख्न पाइयो ।
सोसल मिडियामा सार्वजनिक भएको भिडियो अनुसार बैठकका बेला मन्त्री जिहोफर अन्य अधिकारीसँग बसिरहनु भएको थियो । त्यतिबेला जर्मनीकी चान्सलर एन्जेला मर्केल पुग्नु भयो ।
उहाँले हात मिलाउन चाहनु भयो तर जिहोफरले हेलो मात्रै भन्नु भयो । त्यसपछि मर्केलसमेत सबैको हाँसोको फोहोरा उठ्यो । यो घटनाको भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ ।
अन्तरिक मामलाका मन्त्रीले मिडियासँगको कुराकानीमा भन्नु भयो, ‘कोरोनाभाइरसका कारण चान्सलरले पहिलेदेखि नै मानिसहरुलाई हात मिलाउन बन्द गरिदिएकी छिन् । उनी सावधानीस्वरुप यस्तो गरिरहेकी छिन् ।’
गत हप्ता चान्सलर मर्केलले जब आफ्नो संसदीय क्षेत्रको भ्रमण गर्नु भएको थियो तब उहाँले पनि कसैसँग हात मिलाउनु भएको थिएन् । चान्सलर आफैं पनि भाइरसबाट बच्नका लागि सतर्क रहनुहुन्छ । मर्केलले पनि जिहोफरको निर्णयलाई सही बताउनु भएको छ ।
हेर्नुहोस् भिडियो
Das #Coronavirus ist in Berlin angekommen. Da sollte man besser auf das Händeschütteln verzichten – denken sich auch Kanzlerin #Merkel und Innenminister #Seehofer. pic.twitter.com/070ZaRK5Fy
— Bericht aus Berlin (@ARD_BaB) March 2, 2020
