राजीनामा दिएको २४ घण्टा नबित्दै खवितडा अर्थमन्त्रीमा पुनः नियुक्त
काठमाडौं, २१ फागुन । डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त हुनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
खतिवडाले आजै अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार मात्रै अर्थमन्त्रीबाट राजीनामा दिनु भएको थियो । लगत्तै राष्ट्रपतिले खतिवडाको राजीनामा स्वीकृत गर्नु भएको थियो । राजीनामा दिएको २४ घण्टा नबित्दै प्रधानमन्त्री ओलीले अतिवडालाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्नुृ भएको हो ।
राष्ट्रियसभामा राष्ट्रपतिले मनोनयन गर्ने १ सिटमा खतिवडालाई लैजाने कि वामदेव गौतम भन्नेमा नेकपामा विवाद छ ।
प्रधानमन्त्री ओली खतिवडालाई राष्ट्रियसभामा निरन्तरता दिन चाहन्छन् । राष्ट्रियसभामा कथंकदाचित खतिवडाले निरन्तरता नपाएमा उनी ६ महिनासम्म अर्थमन्त्री हुन पाउनेछन् । अनलाइनखबरबाट
