अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा
काठमाडौं, २० फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । अर्थमन्त्री खतिवडाले मंगलबार पदबाट राजीनामा दिनुभएको हो ।
उहाँको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मध्यरातमा सकिँदैछ । त्यसअघि नै उहाँले पदबाट राजीनामा दिनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्रीमा नियुक्त गर्नुहुने नेकपा उच्च स्रोतले जनाएको छ ।
स्रोतका अनुसार अर्थमन्त्री खतिवडाको पुनः नियुक्ति र सपथ भोलिमात्र हुनेछ ।
