‘मुख्यमन्त्री पौडेल अल्पमतमा पर्नुभयो, अब विश्वासको मत लिनुपर्छ’

तु खबर संवाददाता
२०७६ फाल्गुन २०, मंगलवार १५:२५

हेटौंडा, २० फागुन । साझा विवेकशील पार्टीका बागमती प्रदेश सांसद रमेश पौड्यालले मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बताउनु भएको छ ।

आज मंगलबार भएको बागमती प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसद पौड्यालले मुख्यमन्त्री पौडेल अल्पमतमा पर्नु भएको बुझिएकोले विश्वासको मत लिनुपर्ने धारणा राख्नु भएको हो ।

उहाँले मुख्यमन्त्री पौडेल अहिले आफ्नो संसदीय दलमा अल्पमतमा पर्नु भएको भनि आरोप लगाउनु भयो ।

स्थानीय तह पदाधिकारी र सदस्यको सुविधा ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा धारणा राख्दै सांसद पौड्यालले मुख्यमन्त्रीको विश्वासको मत माग गर्नु भएको हो । मुख्यमन्त्री पौडेलले अब छिट्टै प्रदेशसभाको बैठकबाट विश्वासको मत अनिर्वाय लिनुपर्ने सांसद पौड्यालले माग गर्नुभयो ।

सांसद पौड्यालले विधेयकले सर्वोच्च अदालतको आदेशलाई अपब्याख्या गर्न खोजेको बताउनु भएको छ । उहाँले सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीहरुलाई पारिश्रमिक नदिन आदेश गरेपनि बागमती प्रदेश सरकारले नाम परिवर्तन गरेर ल्याएको बताउनु भयो ।

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*