हेटौंडामा मनाइयो कृष्णप्रसाद भट्टराईको स्मृति दिवस

तु खबर संवाददाता
२०७६ फाल्गुन २०, मंगलवार १३:२४

हेटौंडा, २० फागुन । नेपाली काँग्रेस मकवानपुरले पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

काँग्रेस मकवापुरले भट्टराईको नवौं स्मृति दिवसको अवसरमा काँग्रेसको हेटौंडास्थित पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । सन्त नेता भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका दुई सचिव बुद्ध लामा, आनन्द कठायत, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, कांग्रेस मकवानपुरका सल्लाहकार एवं नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री प्रभात दाहाल, कांग्रेस मकवानपुरका जिल्ला सदस्य भीमसेन महत, नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेपाल तरुण दलका अध्यक्ष ईश्वर पाठक, सचिव सचित थापालगायतले सन्त नेता भट्टराईले गर्नुभएको यागदानको बारेमा चर्चा गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*