‘प्रधानमन्त्रीलाई दीर्घजीवनको शुभकामना, मृगौला दान गर्न ऐन संशोधनको माग’
हेटौंडा, १९ फागुन । बागमती प्रदेशका सांसदहरुले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई मृगौला प्रत्यारोपण सफल होस भनी शुभकामना व्यक्त गर्नु भएको छ ।
आज सोमबार बागमती प्रदेशसभा बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै सत्तापक्ष र प्रतिपक्ष सांसदहरुले प्रधानमन्त्रीको बुधवार हुने भनिएको मृगौला प्रत्यारोपण सफल होस भनी शुभकामना दिनु भएको हो ।
प्रधानमन्त्री ओलीलाई मृगौला प्रत्यारोपण प्रश्चात पूर्णरुपमा स्वास्थ्यलाभ भएपछिमात्रै दैनिक कार्यभार सम्हाल्न आग्रह गर्दै दीर्घजीवन प्राप्तिका लागि शुभकामना व्यक्त गरिएको छ ।
प्रदेश सांसद तथा नेकपाकी बागमती प्रदेश पार्टी इञ्चार्ज अष्टलक्ष्मी शाक्य, बुद्धिमान माझी, विशाल खड्का, शोभा शाक्य, राधा घले, रिना गुरुङ, रमा आले मगरलगायतले संसदमा बोल्दै प्रधानमन्त्री ओलीलाई सफल मृगौला प्रत्यारोपणको लागि शुभकामना दिनु भएको हो ।
सांसदहरुले मृगौला प्रत्यारोपण गर्ने मापदण्ड अनुरुप नातेदार बाहेक अरु व्यक्तिले मृगौला दान गर्न नपाउने नियमलाई संशोधन गर्न माग गर्नु भएको छ ।
सांसहरुले आपत्तकालिन रुपमा मृगौला प्रत्यारोपणको लागि मध्यनजर गर्दै शुभेच्छुकहरुले पनि प्रत्यारोपणको लागि मृगौला दान गर्नको निम्ति ऐन संशोधन गर्न माग गर्नु भएको थियो ।
