देउवाविरुद्ध हेटौंडामा कड्किए रामचन्द्र पौडेल (हेर्नुहोस् भिडियो)

तु खबर संवाददाता
२०७६ फाल्गुन १९, सोमबार ०८:०७
Featured Video Play Icon

मकवानपुर, १९ फागुन । हिजो आइतबार हेटौंडा आउनु भएका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कडा रुपमा प्रस्तुत हुनुभएको छ । पार्टी सभापति देउवाविरुद्ध आफूहरुको नीतिगत र प्रवृत्तिगत मतभेद रहेको स्पष्ट पारेका छन् ।

निश्चित व्यक्तिहरुलाई पद र पैसा दिएर आफ्नो तागत वृद्धि गरेर बर्चस्व कायम राख्न खोजेको आरोप लगाउनु भयो । देउवाको यस्तो गतिविधिले प्रजातन्त्र घायल बनाएको पौडेलले आरोप लगाउनु भयो । देउवाको कार्यशैली लुकाएर आफूले राख्न नचाहेको पनि पौडेलले बताउनु भयो । सरकार गम्भीर भ्रष्टाचारमा डुबेको समेत बरिष्ठ नेता पौडेलले आरोप लगाउनु भयो ।

कम्युनिष्ट पार्टीको नेतृत्व पूरै भ्रष्टाचारमा मुछिएको पौडेलले बताउनुभयो । निवर्तमान संचारमन्त्री बास्कोटाले पदबाट राजीनामा दिँदा प्रधानमन्त्री भने बचाउमा लागेको पौडेलले बताउनुभयो ।

हेर्नुहोस् भिडियो – 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*