यी हुन् प्रचण्डलाई जत्ता प्रहार गर्ने पूर्वमाओवादीका छोरा

तु खबर संवाददाता
२०७६ फाल्गुन १८, आईतवार १७:०३
file-photo

काठमाडौं, १८ फागनु । आइतबार राष्ट्रिय सभागृहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरेर पूर्वमाओवादी लडाकुका छोराले जुत्ता प्रहार गरेको खुलेको छ ।

पूर्वमाओवादी लडाकुका छोरा रतन तिरुवाले दाहाललाई लक्षित गरेर जुत्ता प्रहार गरेको काठमाडौं प्रहरीका एसपीसोमेन्द्र सिं राठौरले बताउनु भयो ।

जुम्ला घर भएका तिरुवाले लोकसेवा आयोगको तयारी गरिरहेको एसपी राठौरले बताउनु भयो । तिरुवा डल्लु बस्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उहाँलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको राठौरले जानकारी दिनु भएको समाचार कान्तिपुरमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*