प्रचण्डको यस्तो भाषण चित्त नबुझेपछि रतनले हानेका थिए जुत्ता !

तु खबर संवाददाता
२०७६ फाल्गुन १८, आईतवार १७:२२
file-photo

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवाले भाषण चित्त नबुझेपछि आवेशमा जुत्ता हानेको बयान दिनुभएको छ ।

राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि प्रचण्डलाई ताकेर जुत्ता हानेका उहाँले भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा घटना भएको बताउनुभयो ।

‘भाषण सुनिरहेको थिएँ । भाषणमा वर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा आएर जुत्ता हानेँ’ सिंहदरबार प्रहरी वृत्तमा प्रहरीसमक्ष उहाँले बयानमा भन्नुभयो ।

राष्ट्रियसभा गृहको कार्यक्रममा संबोधनपछि आफ्नो सिटमा फर्किएका प्रचण्डलाई ताकेर तिरुवाले जुत्ता हान्नुभएको थियो । तर जुत्ता प्रचण्डसम्म पुगेन । अनलाइनखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*