कोरोना भाइरसको संक्रमण कतारमा पनि भेटियो
काठमाडौं, १७ फागुन । वैदेशिक रोजगारको लागि अत्याधिकमात्रामा नेपालीहरु जाने कतारमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ ।
चीनपछि सबैभन्दा धेरै इरानमा ३४ जनाको मृत्यु भएको छ । दक्षिण कोरिया र र इटलीमा पनि कोरोनाको संक्रमण बढी देखिएको छ ।
