फुटबल खेल्दा घुँडाको पाङ्ग्रा खुस्किएपछि…(भिडियो)

तु खबर संवाददाता
२०७६ फाल्गुन १७, शनिबार १४:१६

काठमाडौं, १७ फागुन । घुँडाको पाङ्ग्रा खुस्किँदा पनि पुरा समय फुटबल खेल्ने एक महिलाको इन्टरनेट भर चर्चा सुरु भएको छ।

स्कटल्याण्डको फुटबल लिगमा हालै सेन्ट मिरेन फुटबल क्लबकी कप्तान जेन ओटोली लड्दा उहाँको घुँडाको पाङ्ग्रा खुस्किएको थियो। उहाँको घुँडाको हड्डी अर्कै स्थानमा सरेको थियो।

तर उहाँले आफैंले उक्त खुस्किएको पाङ्ग्रालाई ठिक ठाउँमा ल्याउनु भएको थियो । भिडियोमा उहाँले घुँडामा हिर्काएर हड्डी ठिक स्थानमा ल्याउन खोजेको देखिन्छ।

केहीबेरमै उहाँको घुँडा ठिक भएको र बाँकी ४० मिनेट पनि उहाँले कुनै समस्या बिना खेलेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

हाल उहाँको विश्वभर चर्चा सुरु भएको छ। मानिसहरुले महिला पनि पुरुषभन्दा कम नहुने भनेर टिप्पणी गरिरहेका छन्। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*