‘इन्डियन–२’ को शुटिङका क्रममा ज्यान गुमाएका तीन जनाको परिवारलाई जनही १ करोड दिने

तु खबर संवाददाता
२०७६ फाल्गुन १७, शनिबार ०९:१८
file photo

बलिउड निर्देशक एस शंकरले ‘इन्डियन–२’ को सेटमा भएको दुर्घटनामा मृत्यु भएकाका परिवारलाई जनही १ करोड भारु दिने घोषणा गरेका छन् ।

निर्देशक शंकरले सेटमा ज्यान गुमाएका तीन जना प्राविधिक कृष्णा, मधु र चंद्रनका परिवारलाई आर्थिक सहयोग स्वरुप उक्त रकम दिन लागिएको बताएका हुन् ।

उनले भने, ‘परिवारलको लागि यो सहयोग ठूलो नभएपनि सहयोग स्वरुप १ करोड दिने घोषणा गरेको हुँ ।’ उनले सेट सुरक्षित हुँदा हुँदै पनि भएको दुर्घटनामा विश्वास गर्न मुश्किल भएको बताएका छन् ।

ईभीपी फिल्म सेटमा गत फेब्रअरी १९ को रातमा सेटमा क्रेन भाँचिएर तीन प्राविधिकको मृत्यु भएको थियो । जसमा १२ जना घाइते भएका छन् ।

दुर्घटनामा अभिनेता कमल हसन, अभिनेत्री काजल अग्रवाल र निर्देशक एस शंकर पनि घाइते भएका थिए । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*