पूर्वमन्त्री बाँस्कोटा यस्तो मुद्दा लिएर अदालतमा
काठमाडौं, १६ फागुन । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत पुग्नस भएको छ ।
आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उहाँ उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुग्नु भएको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको भनिएको अडियो टेप बाहिर आएपछि मन्त्रीबाट बाँस्कोटाले राजीनामा दिनु भएको थियो ।
उहाँले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिनु भएको छ । सञ्चारमन्त्री बास्कोटाले मिश्रले आफूलाई झुटो आरोप लगाएको भन्दै उजुरी दिनु भएको हो ।
बिहीबार मात्रै काठमाडौंका प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाले कमिसन डिल गरेको भनिएको अडियो टेप प्रमाणित नभएको बताउँदै बाँस्कोटाको बचाउ गर्नु भएको थियो ।
बाँस्कोटाले आफू माथि लागेको आरोप निराधार भएको भन्दै अनुसन्धानलाई सहयोग पुर्याउने बताउँदै आउनु भएको छ । उहाँले कमिसन डिल गरेको अडियो बाहिर आएपछि ओली नेतृत्वको सरकारको चर्को आलोचना हुँदै आएको छ ।
