नदीमा खस्यो जन्ती बोकेको बस, २४ जनाको मृत्यु
हेटौंडा, १६ फागुन । जन्ती बोकेको बस मैज नदीमा खस्दा २४ जनाको मृत्यु भएको छ । भारतको राजस्थानमा बुधबार बिहान भएको दुर्घटनामा ३ बालबालिका र १० महिलासहित २४ जनाको मृत्यु भएको हो ।
बरनबाट सवाई मधुपुर जाँदै गरेको बस बुन्डी जिल्ला अन्तर्गतको कोटाडौसा राजमार्गबाट नदीमा खसेको थियो ।
बसमा ४० जना सवार रहेकोमा समयमै उद्धार हुन नसक्दा ठूलो मानवीय क्षति भएको जनाइएको छ ।
