अष्टलक्ष्मी शाक्यको प्रश्नः नेपालको नक्शा केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो ?

तु खबर संवाददाता
२०७६ फाल्गुन १५, बिहीबार १३:५५
मुख्यमन्त्री, अष्टलक्ष्मी शाक्य

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जन्मदिनमा केक नकाट्न नेकपा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेकपाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले केक काट्ने संस्कृति नेपालीको नभएको बताउनुभयो ।

प्रधानमन्त्रीसमेत रहनुभएको पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित कार्यक्रममा उहाँले प्रश्न गर्नुभयो, ‘नेपालको नक्साको केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो ?’

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नक्शा आकारको केक काटेका जन्मोत्सब मनाउनुभएको थियो ।

शाक्यले उक्त घटनालाई लक्षित गर्दै कम्युनिष्ट पार्टीका नेता कार्यकतामा सामन्ती संस्कार देखिनु चिन्ताजनक भएको बताउनुभयो ।

सत्तामा बसेर पार्टीका नेताहरु लेनदेनमा संलग्न हुनु गलत भएको नेतृ शाक्यले बताउनुभयो । उहाँले सचिवालय सदस्य र पार्टीका मूल नेतृत्वले कार्यकर्तालाई उत्साहित बनाउने अभिव्यक्ति दिन आग्रह गर्नुभयो । अनलाईनखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*