ओली नेतृत्वको सरकारबाट जनता निराश भएका छन् : कमल थापा
जनकपुर, १४ फागुन । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वर्तमान ओली नेतृत्वको सरकारबाट जनता निराश भएको बताउनुभएको छ ।
बुधबार जनकपुरमा आयोजित निर्वाचनसम्बन्धी कार्यकर्ताहरुको प्रदेश स्तरिय भेलामा अध्यक्ष थापाले ओली नेतृत्वको सरकारले जनताको कुनैपनि अपेक्षालाई पुरा नगरेकाले जनता निराश भएको बताउनुभएको हो ।
उहाँले मुलुकमा भ्रष्टचार, महँगी जस्ता क्रियाकलापहरु बढेको अरोप लगाउनुभएको छ ।
पूर्वउपप्रधानमन्त्री समेत रहनुभएको थापाले नेकपा पार्टी भित्रको अन्तरद्वन्द्वको कारणले सरकार अस्थिरताको अवस्थामा पुगेको बताउनुहुँदै जनताले चाँहेको शान्ति र समृद्धिको बाटोबाट पछाडि हटेर भ्रष्टचारमा लिप्त भएको आरोप लगाउनुभएको छ ।
उहाँले संविधानमा देखिएको त्रुटिहरुलाई सुधार गरेर संविधानलाई सर्वस्वीकार बनाउनुपर्ने समयमा सरकारले बाटो बिराएर गलत मनसायमा संविधान संसोधन गर्न लागेको बताउनुभयो ।
