नेकपाले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने

तु खबर संवाददाता
२०७६ फाल्गुन १४, बुधबार १४:०४
file-photo

काठमाडौं, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

आगामी फागुन २० पछि राष्ट्रपतिबाट मनोनित सदस्य युवराज खतिवडाको कार्यकाल सकिँदैछ । सोही स्थानमा उपाध्यक्ष गौतमलाई मनोनित गर्न नेकपाले सरकारलाई सिफारिस गर्न सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि गौतमले प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन हुने भएमात्रै आफू राष्ट्रियसभामा जाने बताउनभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*