राष्ट्रपति आउने भएपछि नगरपालिकाले दियो सार्वजनिक विदा !

तु खबर संवाददाता
२०७६ फाल्गुन १४, बुधबार १२:५१
फाइल तस्बिर

बैतडी, १४ फागुन । बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जिल्लामा राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणमा आउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरकार्यपालिकाको बुधबारको बैठकले राष्ट्रपतिको भ्रमणमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए।

उनले राष्ट्रपति भण्डारीको स्वागतमा सार्वजनिक बिदा दिने निर्णय गरेको बताए। राष्ट्रपति भण्डारी बुधबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा रहने कार्यकालिका छ।

राष्ट्रपति भण्डारीले फागुन १५ गते बैतडीस्थित त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ भने पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावास भवनको उद्दघाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, राष्ट्रपतिलाई बैतडीमा नागरिक अभिनन्दन र स्वागत गर्ने कार्यक्रम समेत तय गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*