हेटौंडामा विभिन्न पार्टी परित्याग गरि ४९ जना समाजवादी पार्टीमा प्रवेश

तु खबर संवाददाता
२०७६ फाल्गुन १३, मंगलवार १८:१७

हेटौंडा, १३ फागुन । मकवानपुरको हेटौँडामा विभिन्न पार्टी परित्याग गरि ४९ जना समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । समाजवादी पार्टी वडा कमिटी हेटौंडा–१५ को आयोजनामा मंगलबार भएको पार्टी प्रवेश तथा टोल कमिटी गठन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ४९ जनाले पार्टी प्रवेश गर्नुभएको हो ।

समाजवादी पार्टी हेटौँडा–१५ का अध्यक्ष हरी रुम्बाको सभाध्यक्षतामा भएको कार्यक्रममा तत्कालिन संघीय समाजवादी फोरोम मकवानपुरका अध्यक्ष शुभरत्न गोलेको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा शिखर टोल कमिटी र युवा टोल कमिटी गठन भएको छ । सिता पाख्रिनको अध्यक्षमा १२ सदस्यीय शिखर टोल कमिटी गठन भएको छ ।

कमिटीको उपाध्यक्षमा सितामाया पाख्रिन, सचिवमा रञ्जना पाख्रिन, कोषध्यक्षमा शान्ति थिङ, सदस्यहरु क्रमशः माइली पाख्रिन, श्री लाल रुम्बा, ज्ञान बहादुर वाईवा, फुलमाया थिङ, पुर्णीमाया पाख्रिन, सरस्वती पाख्रिन, जित बहादुर डिम्डिुङ, सुर्य बहादुर रुम्बा हुनुुहुन्छ ।

यसैगरी सुसन मोक्तानको अध्यक्षमा ११ सदस्यीय युवा टोल कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्ष राम बहादुर मोक्तान, सचिव निमेश तितुङ, सहासचिव सुराज बल, सदस्यहरुमा क्रमशः रमेश पाख्रिन, दिनेश पाख्रिन, इमान पाख्रिन, अजय थिङ, रमन मोक्तान, अजय स्याङ्वो हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*