काँग्रेस नेता रिजालको प्रश्न–‘प्रधानमन्त्रीज्यू तपाईंलाई जन्मघरले चिन्यो ?’
हेटौंडा, १३ फागुन । नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा जन्मदिन मनाउन तेह्रथुम पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मघरले चिन्यो त ? भन्दै प्रश्न गर्नुभएको छ ।
नेता रिजालले प्रधानमन्त्रीज्यु तपाईंको जन्मघरले यो मेरै घरको केटो खड्गप्रसाद हो भनेर चिन्न त चिन्यो ? भन्दै प्रश्न गर्नुभएको हो ।
उहाँले कम्युनिष्ट प्रधानमन्त्रीले पहिलेका राजा महाराजाहरूले जस्तै तामझाम गरेर जन्मदिन मनाउनु लोकतान्त्रिक देशमा नसुहाउने भन्दै आक्रोस पोख्नुभयो ।
नेता रिजालले बालुवाटार जग्गा प्रकरण, सेक्युरिटी प्रेस खरिद, फोरजी प्रकरण लगायतका विषयमा मुछिएका सबै भ्रष्टाचारीलाई पार्टी र गुट नहेरी कारबाही गर्न माग गर्नुभयो ।
