ट्रम्पको सुरक्षामा बाँदरको डर, खटाइयो पाँच लंगुर !
एजेन्सी, नयाँदिल्ली १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि भारतमा पाँच लंगुर पनि खटाइएको छ।
ट्रम्प दम्पत्तिले भारतको आगरामा रहेको ताज महलमा भ्रमण गर्ने तालिका रहेको छ। त्यहाँ बाँदर थुप्रै भएकाले उनीहरूसँग लड्न र सुरक्षाका लागि पाँच लंगुर पनि खटाइएको भारतीय सञ्चार इण्डिया टुडेले जनाएको छ।
सोमबार दुई दिने भ्रमणका लागि राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलिनिया ट्रम्प भारत आइपुगेका छन्। उनलाई अहमदावादको सरदार भल्लाभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका हुन्।
ताजमहलमा भने उनको सुरक्षालाई ध्यानमा राखी कडा व्यवस्था गरिएको छ । ताजमहलका बाँदरले पर्यटकमाथि जथाभावी आक्रमण गर्ने र्गछन्, बाँदरको आक्रमण रोक्नका लागि भने ५ वटा तालिमप्राप्त लंगुरलाई ताजमहलमा खटाइएको छ ।
भारतीय प्रहरीले तालिमप्राप्त लंगुर खटाएको जनाइएको छ । सुरक्षा सतर्कता अपनाउने क्रममा त्यहाँको प्रहरीले मानवीय गतिविधि र आशंकालाई मात्र ध्यानमा राखेर गरिएको छैन, जनावरहरूको आक्रमणलाई पनि ध्यानमा राखिएको छ ।
उनीहरूको सुरक्षाका लागि अमेरिकन सिक्रेट सर्भिस, पारामिलिटरी फोर्सका १० कम्पनी, पीएसी र एनइसजी कमान्डोको १० कम्पनीलाई खटाइएको छ।
राष्ट्रपति ट्रम्ले विश्वकै विशाल क्रिकेट स्टेडियमको उद्घाटन गर्नेछन् जहाँ एक लाख नागरिकले सहभागी जनाउने बिबिसी हिन्दीले बताएको छ।
