मोजा सुँघेर मलेरिया पत्ता लगाउँछन् कुकुर !
रातभरि लगाएको मोजा सुँघेर कुकुरहरूले मलेरिया पत्ता लगाउन सक्छन् ।
मलेरिया संक्रमित रोगीको छाला र श्वासबाट विशेष खालको दुर्गन्ध आउने हुँदा कुकुरहरूले सुँघेर मलेरियाको पहिचान गर्न सक्ने लण्डनको डरहम यूनिभर्सिटीका खोजकर्ताहरूले दाबी गरेका हुन् ।
उक्त अनुसन्धानमा ९० प्रतिशत सफलता प्राप्त भएको थियो ।
अमेरिकन सोसाइटी अफ ट्रपिकल मेडिसिन एण्ड हाइजीनको वार्षिक बैठकमा उक्त रिसर्च पेश गरिएको थियो ।
अनुसन्धान समयमा ग्याम्बिया स्कूलका बच्चाहरूमा मलेरियाको लक्षण देखिएपछि उनीहरूलाई रातभरि नाइलनको मोजा लगाउन र रगतको नमूना दिन लगाइएको थियो ।
उक्त स्कूलबाट कुल १ सय ७५ नमूना लिइयो ।
त्यसमध्ये १ सय ४५ स्वस्थ बच्चाहरूको पनि मोजाको नमूना लिइएको थियो ।
उक्त नमूनाहरूलाई जाँचको लागि लण्डन पठाइयो ।
त्यहाँ प्रशिक्षित दुई कुकुरहरूले मोजा सुँघेर ३० बच्चाहरूमा मलेरिया भएको पुष्टि गरेको थियो ।
यस्तै रगतको परीक्षण गरेर हेर्दा ७० प्रतिशत नतिजा सही रहेको पाइएको थियो ।
यसका लागि कुकुरहरूलाई थप प्रशिक्षणको तथा मोजा बाहेक अर्को वस्तुको पनि अनुसन्धानमा समावेश गर्नु पर्ने आवश्यक देखिएको थियो ।
सअघि कुकुरहरूले यूरिन स्याम्पल सुँघेर बिरामीमा प्रोस्टेट क्यान्सर, थाइराइड क्यान्सर, तथा मधुमेह पत्ता लगाउन सक्ने दाबी गरिएको थियो । एजेन्सी
